Section 34
उपकरण खरिद मूल्यमा धितोको हकको प्राथमिकता
खरिद मूल्यसम्बन्धी धितोको हक धितो दिने व्यक्तिले उपकरणमा कब्जा प्राप्त गर्दाका बखत वा सो प्राप्त गरेको पाँच दिनभित्र परिपक्व गराइएको भए त्यस्तो खरिद मूल्यसम्बन्धी धितोको हकले सोही सम्पत्तिउपर रहेको विवादयुक्त धितोको हकउपर तथा सो सम्पत्तिबाट प्राप्त लाभमा रहेको धितोको हकउपर समेत प्राथमिकता पाउनेछ ।